Logo

प्रेमिकाको हत्या टेलिभिजन प्रत्यक्ष प्रसारणमा स्वीकार्ने प्रेमी लगत्तै पक्राउ (भिडियोसहित)



युवक टेलिभिजन स्टुडियोमा पुग्छन् । स्टुडियोमा प्रत्यक्षप्रसारण भइरहँदा प्रेमिकाको हत्या गरेको स्वीकार्छन् । प्रेमिकाको घाँटी दबाएर हत्या गरेको बताउँछन् । कसरी र किन हत्या गरेको सबै बताउँछन् । उनी बोलिरहँदा प्रहरीलाई खबर गरिन्छ । उनलाई टेलिभिजन स्टुडियोबाट नै पक्राउ गरिन्छ ।

यो घटना भारतको चण्डीगढको हो जहाँ २७ वर्षीय मनिन्द्र सिंहले प्रेमिका सरवजित कौरको हत्या गरेको स्वीकारोक्ती टेलिभिजन स्टुडियोको प्रत्यक्ष प्रसारणमा पुगेर गरेका थिए । न्युज १८ टेलिभिजनमा पुगेर उनले विवाहको छिनोफानो कौरको परिवारका कारण रद्द भएपछि हत्या गरेको बताएका छन् । ३० डिसेम्बरमा कौरको मृत शरीर होटलमा भेटिएपछि पनि प्रहरीले आफ्नो परिवारलाई तनाब दिएकाले हत्या स्वीकारेको बताएका छन् । उनी त्यसपछि फरार थिए ।

सिंहले कौरको परिवारले आफूसँग विवाह गर्न नदिएको दाबी गरेका छन् । तर, पञ्जाब प्रहरीले सिंहले विगतमा पनि हरियाणाकी एक युवतीको हत्या गरेकोमा अनुसन्धान भएको बताएको छ । उनी हत्याको अभियोगपछि पक्राउ परी धरौटीमा छुटेका थिए ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्