Logo

विवाहपछि बेहुला बेहुलीको घरमा



विवाह पछि धेरै समुदायको चलन बेहुली बेहुलाको घर जाने रहेको छ । तर, भारतको एउटा गाउँमा भने बेहुला ससुरालीमा नै बस्ने चलन रहेको छ । विवाह सकिएपछि बेहुलीलाई विदाई गर्न नै पर्दैन । बेहुला नै बेहुलीको घरमा बस्छन् ।

उत्तरप्रदेश स्थित दामादों का पुरवा गाउँमा यस्तो चलन रहेको छ । त्यहाँ विवाह पछि बेहुला नै बेहुलीको घरमा बस्ने चलन रहेको छ । उक्त गाउँमा ज्वाईलाई ससुरालीले नै रोजगार खोजिदिने पनि चलन छ ।

गाउँमा ६० परिवार रहेकामा मुस्लिम धेरै छन् । त्यहाँका मानिसहरु विवाह पछि दुध डेरी र किराना पसल चलाएर बस्ने गर्छन् । उक्त ठाँउमा बेहुलालाई बेहुलीकै घरमा राख्ने परम्परा ३५ वर्ष देखि चल्दै आएको छ । गाउँको विवाह छिमेकी जिल्लाहरुमा हुने गर्छ ।

छोरीले बुबा आमालाई राम्रो लालनपालन गर्ने हुनाले यस्तो परम्परा बसाइएको स्थानीयले बताएका छन् । छोरीले आमा बाबुसँग सुखः दुःख बाँडेर खुशीसाथ बस्ने हुनाले यस्तो परम्परा रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्