Logo

अग्लो पहाडबाट खसेकी महिलालाई फेसबुकले बचायो



दिन नआए मरिन्न । धेरै दुर्घटनाबाट बचेका मानिसहरु आश्चर्यजनक तरिकाले बचेका छन् । ३५० फिट उचाईबाट तल खसेकी एक महिलाको २० वटा हड्डी भाँच्चिएको थियो । उनी एक हजार फुट गहिरो खोचमा खसेकी थिइन् ।

तर, एउटा रुखले अड्काउन सक्यो । सैंडी नाम गरेकी ती युवतीलाई रुखले पनि विस्तारै विस्तारै साथ छोड्दै गएको थियो । उनको यस्तो आपतकालिन घडीमा फेसबुकले साथीको जीवनदाताको भूमिका निभायो ।

उनले आपतकालिन सेवालाई आफ्नो भयावह घटनाबारे जानकारी दिएपनि कुनै सहयोग नभएको बताएकी छिन् । उनले फेसबुकमा आफ्नो फोटो सेयर गरेकोले आफूलाई सहयोग आउने आशा गरेकी थिइन् ।

फेसबुकमा राखेको फोटो एक होटलको रिसेप्शनिस्टले देखेकी थिइन् । उनले चालकलाई देखाइन् र चालकले उक्त स्थान पत्ता लगाई उनको उद्धार गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्