Logo

मस्तिष्क शल्यक्रिया गर्दागर्दै बिरामीले बजाए गिटार



ब्राजीलको एक अस्पतालमा डाक्टरले एक व्यक्तिको मस्तिष्कको शल्यक्रिया गरिरहँदा विरामी आफैले गिटार बजाएर छक्क पारेका थिए ।
३३ वर्षीय एंटनी कुलकैप डायसलाई डाक्टरहरुले ब्रेनको सर्जरी गरिरहेको समयमा उनलाई गाउन र बजाउन भनिएको थियो । उनले गीत गाउँदै गिटार पनि बजाउन थाले ।

ब्राजिलको लोकगीत गाएका थिए । आफ्नो छोराको लागि बनाएको गीत सर्जरीको क्रममा गाएका थिए । बीचबीचमा आराम गर्दै गीत गाएका थिए ।
ऐंटनीले २० वर्ष देखि गीत गाइरहेका थिए । उनलाई डाक्टरहरुले सर्जरीको क्रममा क्षमता जाँच गर्नको लागि संगीतको सहयता लिएका थिए । उक्त अस्पतालमा यस्ता धेरै बिरामीको उपचार गरेपनि एेंटेनको भने निकै चुनौतीपुर्ण भएको डाक्टरहरुले बताएका छन् ।

गिटारको धुनले कसैको दुखमा मलाम लगाउने विश्वास गरिन्छ । तर, एेंटनीले भने आफ्नो दुखमा आफै बजाएका थिए । यस्तो पहिलो पटक देखेको डाक्टरहरुले बताएका छन् । उनले शल्यक्रियाको दौरानमा जम्मा ६ वटा गीत गाएका थिए ।



प्रतिक्रिया दिनुहोस्