Logo

उल्टो घुम्ने घडी



भारतमा एउटा घडी प्रचलित रहेको छ । जसको घडी उल्टो दिशामा घुम्ने गर्छ । समाजमा पृथ्वीलाई माता पुज्नेहरु दायाँबाट बायाँ तिर घुम्ने हुनाले उक्त घडी पनि उल्टो दिशामा राखिएको बताइएको छ ।

गोंडवाना समाजको सम्पूर्ण रीतिरिवाज यसै दिशालाई आधार मानेर सम्पन्न गराउँछन् । यो समाजमा बस्ने मानिसहरु प्रकृतिको अनुकुल शुभकार्य गर्ने गर्छन् । कोरबाका मानिसहरु यस्तो अचम्मको घडी हेरेर दिन बिताइरहेका छन् । गोंडवाना समुदायका मानिसहरुले प्रकृतिको नियमनुसार घडी घुमिरहेको बताएका छन् । विवाहको सात फेरो पनि यसैगरी घुमेको उनीहरुको दाबी छ ।

उक्त समाज सधै प्रकृतिको उपासक भएकोले महिलाहरुले ढुंगाबाट बनाएको घडीलाई उल्टो दिशामा घुमाउने गर्छन ।



प्रतिक्रिया दिनुहोस्