Logo

महिलाले दिइन ‘प्लास्टिक बेबी’ को जन्म



पंजाबको एक शहरमा एक बच्चीले जन्म लिएकी छिन् । उनको शरीर प्लास्टिक जस्तो देखिन्छ । विचित्र शरीर भएकी यी बच्चीको उपचारको लागी अस्पताल लगिएको थियो । बच्चीलाई देखेर डाक्टर पनि अचम्मित भएका थिए । यी बच्चीलाई विचित्रको रोग लागेको डाक्टरहरुले बताएका छन् ।

प्लास्टिक जस्तो शरीर भएकी बच्ची मानिसहरुको आर्कषणको केन्द्र भएकी छिन् । कसैले यी बच्चीलाई छोएमा रुने गर्छिन । माछाको जस्तो मुहार भएकी बच्चीको मुख प्लास्टिकको जीतो चमकी रहेको देखिन्छ । यी बच्चीले दुध पिउन सक्दिनन् । अन्य पनि खाँदिनन् ।

यी प्लास्टिक बेबीको उपचार गराइरहेका डाक्टरहरुले कोलोडिओन बेबी भनेका छन् । यी बच्चीको छालालाई शरीरबाट प्रत्येक तीन–चार हप्तामा निकाल्ने गरिएको छ । यसक्रममा शरीरको छाला फाट्ने हुनाले उनलाई दुख्ने गर्छ ।

डाक्टरहरुले यस्तो कोलोडिओन भएका बिरामीहरु थोरै मात्र उपचारमा आएको बताएका थिए । उनको अनुसार ६ लाख नवजात शिशुमा कोही एकलाई हुने गरेको पाइएको छ ।



प्रतिक्रिया दिनुहोस्