Logo

१०३ वर्षीया प्रेमीका र १०७ वर्षीय प्रेमीले एकै साथ प्राण त्याग गरे



आजकाल प्रेम विवाह केही समय मात्र टिक्ने गर्छ । तर एउटा जोडीले आफ्नो पुरा जीन्दगी नै प्रेममा एकसाथ रहेर संगै प्राण त्याग गरेका छन् । यी जोडीले १०० वषर्संगै जिएर प्रेमीका १०३ वर्ष र प्रेमी १०७ वर्षको उमेरमा एकसाथ देहत्याग गरेका छन् ।

प्रेमिल यो जोडीको विवाह करिब १०० वर्ष पहिला भएको थियो । उत्तरप्रदेशको भारत–नेपाल सिमास्थित लखिमपुर गाउँको यो जोडीले १०० वर्ष अगाडी विवाह गरेका थिए । उक्त गाउँका फकिरा राधिकासंग विवाह गर्दा २० वर्षका मात्र थिए । यीनीहरुले वैवाहिक जिवन हासी खुशी १०० वर्ष बिताएका थिए ।

१०० वर्षदेखि प्रेममा भएका फकिरा र राधिकाबीच एक अर्कामा निकै माया प्रेम रहेको जनाइएको छ । यी दुइको जीन्दगीमा कहिलेपनि मनमुटाव भएन् । गाउँका मानिसहरु यीनीहरुको प्रेम देखेर अचम्मित भएका थिए ।

हाल १०३ वषर्मा राधिकाको हार्ट अटैकको कारण मृत्यु भएको थियो । उनको मृत्यु भएपछि फकिराले सहननसकेका कारण आफुलेपनि प्राण त्यागेका थिए ।
फकीरा मुस्लिम थिए भने राधिका हिन्दु धर्मकी हुन् । तैपनि दुई मिलेर जीन्दगी बिताइरहेका थिए । यीनीहरु दुवैको दुइटै धर्मको संस्कार अनुसार अंन्तिम संस्कार गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्