Logo

जीमविना सुगठित शरीर



शरीर बनाउने हरेक व्यक्तिको रहर हुन्छ । जसको लागी धेरै मेहेनत गर्नुपर्छ । तर ब्राजीलमा बस्ने रोमारियो डाँज सेन्टोस अल्वेस जीम नगईकन पनि आफ्नो शरीर बनाएर संसार चकित पारेका छन् । उनले २५ इन्चको बायसेप्स तीन वर्षमा बनाएका हुन् ।

रोमारियोले आफ्नो शरीर बनाउनको लागी २२ वर्षको उमेर देखि लागेका थिए । हाल उनी २५ वर्षका भए । छोटो समयमा उनले शरीर बनाएको देखेर सबै मानिसहरु छक्क परेका छन् । उनले खतरनाक विधि अपनाएकाले यति छिटो आफ्नो शरीर बनाएका थिए ।

रोमारियोले शरीर बनाउन प्रयोग गरेको काँकटेल र आँयल का इन्जेक्शन हो । आफुले प्रयोग गरेको आँयल र सुईले उनको मसल्स फुलेर आएको उनले बताएका छन् । उनको शरीरमा इन्जेक्शन लगाउनमा श्रीमतीले सहयोग गरेकी बताएका थिए ।

रोमारियाले शरीर बनाउनको लागी जुन विधि अपनाएका थिए त्यो विधिले शरीरका लागि हानी गर्ने बताइएकेृो छ । यसले शरीरमा दुखाई हुनुका साथै मृगौला फेल हुनपनि सक्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्