Logo

साथीलाई बोकेर सधै स्कुल पुर्याउने यी केटा



चीनको एक स्कुलमा एक छात्रले आफ्नो मांशपेशी पिडित साथीलाई दैनिक बोकेर विद्यालय पुराउने गरेका छन् । १९ वर्षिय झांग ची मांशपेशीबाट पिडित रहका छन् । जसको कारण उनी हिड्न र चल्न सक्दैनन् । उनलाई १८ वर्षीय साथी शेई शु के होतेले बोकेर स्कुल लैजाने गरेका छन् । उनले साथीलाई दैनिक स्कुल लैजाने र ल्याउन सहयोग गरेका छन् ।

शेइले तीन वर्षदेखि दैनिक झांगलाई आफ्नो काधमा राखेर स्कुल लैजाने गर्छन् । स्कुलको हरेक कक्षामा पनि शेइले झांगलाई बोकेर पुराउने गर्छन् । यी दुईको दोस्ती सानै देखि भएको बताइएको छ ।

यी दुवै जना आफ्नो कक्षाका अब्बल छात्र हुन । यीनीहरुको स्कुल संगै जाने र आउनेमा जोडी निकै जमेको छ । पढ्नमा पनि यी दुईमा निकै प्रतिस्पर्धा हुदै आएको छ । विद्यालयका शिक्षकहरु प्नि आफ्ना होनाहार विद्यार्थीमा निकै गर्भ गरेका छन् । झांग र शेइ राम्रो विश्वविद्यालयमा पढ्न चाहेका छन् ।



प्रतिक्रिया दिनुहोस्