Logo

२३ वर्षमै हजुरआमा



रोमानियामा एक महिला २३ वर्षमा हजुरआमा बनेकी छिन् । २३ वर्षमा आजभोली विवाहको सोच बनाएका पनि हुदैनन् । तर, २३ वर्षकी रिफ्काले हजुरआमा बनेर दुनिया आश्र्चय पारेकी छिन् ।

युरोपमा छिटो विवाह गर्ने प्रथा रहेको छ । रिफ्का १२ वर्षमा आमा बनेकी थिइन । उनी २ वर्षको हुदाँ नै विवाहको छिनोफानो गरिएको थियो । तर उनले ११ वर्षमा आफ्नो पतीलाई छोडेर अर्का व्यक्तिसँग भागेर विवाह गरेकी थिइन् । १२ वर्षमा नै आफ्नो छोरीको जन्म दिएकी थिइन् । छोरीको नाम मारिया हो ।

रिफ्काको छोरी मारियाको पनि छिटो नै विवाह भयो । उनले पनि ११ वर्षमा एउटा छोरालाई जन्म दिएकी थिइन् । मारियाले सानैमा बच्चा जन्माएका कारण रिफ्का २३ वर्षमा नै हजुरआमा बनेकी छिन् । हाल रिफ्कालाई आफ्नी छोरी मारिया पढ्न लेख्न जानुपर्ने आवश्यक भएपनि उनले पढ्न पाएकी छैनन् । तैपनि रफ्का सबैभन्दा सानो उमेरमा हजुरआमा बन्ने सौभाग्य पाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्