Logo

दुइटै खुट्टा नभएकी बच्ची बनिन् बास्केटबल च्याम्पियन



चीनको युवान प्रान्तमा दुईटा खुट्टा नभएकी एक बच्चीको निकै चर्चा भएको छ । आफ्नो दुइटै खुट्टा नहुदाँ पनि उनले आफ्नो खुवी देखाएर च्याम्पियन बनेकी छिन् । चीनकी यी बच्ची कीयान हौंगयान को सन् २००० मा दुर्घटना हुदाँ दुइटै खुट्टा गुमेको थियो । तर उनले आफ्नो हौसलामा कमी हुन दिइनन् र अघि बढीरहिन् ।

दुर्घटनामा दुइटै खुट्टा गुमाएपनि उनले बास्केटबलको खेलाडी बन्ने सपना भने देखेकी थिइन् । त्यसको लागी उनले आफ्नो गुमाएको खुट्टाको कमजोरी लुकाएर बास्केटबल खेल्ने हिम्मत गरिन् । कियानले आफ्नो हातले खेल खेल्न शुरु गरीन् ।

कीयानले हातले बल चलाएर बाँस्कटबल खेलेर चीनको मिडियामा प्रसिद्ध भएकी छिन् । उनको यो प्रसिद्धि पछि चीनमा उनलाई बाँस्केटबल केटिका नामले चिन्ने गरेका छन् । हाल उनको प्रोसेथेटिक खुट्टा राख्ने काम भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्