Logo

हत्या गरी चार वर्षअघि फरार अभियुक्त पक्राउ



काठमाडौं, ७ माघ । हत्या गरी फरार व्यक्ति पक्राउ परेका छन् । प्रहरीले धादिङ बेनीघाट घर भएका २५ वर्षीय कमल विकलाई गोंगबु गणेशस्थानबाट सोमबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७२ असार २२ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भई फरार रहेको उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो

विक २०७१ पुस ३० गते काठमाडौं टोखा नगरपालिका दिपज्योतीस्थित धादिङ तिप्लाङ घर भएका काठमाडौं गोलढुंगा बस्ने २५ वर्षीय युरूङ तामाङको हत्या गरी फरार भएका थिए ।

उनलाई कारवाहीका लागी मंगलबार जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्