Logo

लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ



पर्सा, ७ माघ । लागूऔषध मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सखुवाप्रसौनी गाउपालिकाका ३६ वर्षीय प्रभु सहनीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साको २०६८ मंसिर २८ गतेको फैसलाले लागूऔषध मुद्दामा ७ महिना १७ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनकै गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको छ ।

सहनीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्