Logo

विना रोग,विना भोक ३३० केजी शरीर



नुर उल हसन सुतेर नै खाना खान्छन् । किनकी उनी बसेर खाना खान सक्दैनन् । खाना र उनको बीच पेट आईदिन्छ । उनी सुतेर नै आराम गरिरहन्छन् । यदि सिधा भएर अर्थात उठेर बस्न खोजे भने उनको श्वाँस एक्कासी बढ्छ ।

पाकिस्तानको सुबा पंजाबको शहर सादिकावादमा बस्ने ६० वर्षीया नुन उल हसन पछिल्लो आठ वर्षदेखि यही हालतमा बस्न बाध्य भएको कुरा बिबिसी हिन्दीले जनाएको छ ।

यसको मुख्य कारण हो उनको असामान्य वजन । जो अहिले ३३० केजीका छन् । उनको जीवन घरको एक कोठामा नै सिमित भएको थियो । जहाँ उनले शौच गर्नको लागि एक कुर्सी पनि सँगै राखेका थिए । एजेन्सी 



प्रतिक्रिया दिनुहोस्