Logo

छाउगोठ भत्काउ अभियानमा पुगे आइजीपी खनाल



सुर्खेत, ८ माघ । छाउगोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवर्द्धन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न भएको छ । कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा भएको हो ।

कर्णाली प्रदेशको सुर्खेत जिल्लामा आयोजित एक कार्यक्रम बीच छाउगोठ अन्त्य तथा मर्यादिन महिनावारी प्रवर्द्धन बिषयक प्रदेश स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले छाउपडी प्रथा मुलभूत रुपमा मनस्थितीबाटै हटाउनुपर्ने उल्लेख गर्दै छाउपडीसँगै बालबिवाह दाईजो प्रथा जस्ता सामाजिक अपराध अन्त्य गर्नका लागि प्राप्त कानूनी अधिकारको प्रयोग गर्न नेपाल प्रहरी दृढ संकल्पीत  रहेको बताए ।

कार्यक्रममा बोल्दै खनालले कारवाहीले मात्रै सबै समाधान नहुने भएकाले समुदायको साथ र सहयोग तथा समुदायले आफ्नो जिम्मेवारी निर्वाह गरेमा यस्ता सामाजिक अपराध अन्त्य गर्न ठूलो उर्जा मिल्ने विश्वास समेत व्यक्त गरेका थिए ।

कार्यक्रममा सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारी, सो जिल्ला अन्तर्गत स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु, स्थानीय राजनैतिक दलका प्रतिनिधिहरु, भगिनी संगठनका प्रतिनिधिहरु, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, धामी, झाक्री, किशोर किशोरी समूहका प्रतिनिधिहरु, सामाजिक परिचालक, परिचालिका, आमा समूहका प्रतिनिधिहरु, स्वास्थ्य स्वयमसेविका, महिला सहकारी संस्थाका प्रतिनिधि, निगरानी समूहका प्रतिनिधि, स्थानीय संचारकर्मी तथा स्थानीय भद्र भलादमीहरुको समेत सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्