Logo

सेनामा सात सहायकरथीको सरुवा, सहायकरथी गुरुङ्गको राजीनामा



काठमाडौं, ९ माघ । नेपाली सेनाका सातजना सहायकरथी र नौ महासेनानीहरुको सरुवा भएको छ । उनीहरुको सरुवा ६ माघमा बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

सरुवा भएका सहायकरथीहरुमा डा. देवेन्द्र बहादुर खत्री समेत छन् । यसैगरी सहायकरथी जितबहादुर गुरुङ्ग र महासेनानी अजय राईको राजीनामा स्वीकृत भएको छ । प्राविधिक प्रमुख सेनानी इन्दीवर गुरुङ्गलाई सरकारले प्राविधिक महासेनानीमा पदोन्नति गरेको छ ।

सेनामा प्रधानसेनापतिको सिफारिश महत्वपूर्ण हुन्छ । सरुवा र राजीनामा स्वीकृतको विषय सैनिक मुख्यालयबाट रक्षामन्त्रालय हुँदै क्याबिनेटमा पुगी निर्णय गरिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्