Logo

एमसिसी मुलुकको हितमा छ, गुमाउनहुँदैन् : रवीन्द्र मिश्र



झापा, ११ माघ । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) परियोजनालाई संसद्बाट अनुमोदन हुनुपर्ने धारणा राखेका छन् । झापाको धुलाबारीमा आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले एमसिसी परियोजना मुलुकको हितमा रहेको हुँदा यसलाई गुमाउन नहुने पनि धारणा राखे । परियोजनाका केही बुँदाका विषयमा उत्पन्न अन्योललाई संसद्बाट अनुमोदन हुनुपूर्व परियोजनाका दुवै पक्षबीच भद्र सहमति मार्फत स्पष्ट पार्न अध्यक्ष मिश्रले माग गरे ।

पछिल्लो समय एमसिसीबारे विवाद भैरहेको छ । कतिपयले यो देशको हितमा नहुने भएकोले पास गर्न नहुने तर्क गरिरहेका छन् । तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनैपनि हालतमा एमसिसीलाई अघि बढाउने अडान लिएका छन् । उता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि एमसिसी नेपालको हितमा भएकोले जसरी भएपनि संसदबाट पारित गर्न माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्