Logo

सभामुख सापकोटाको शपथ सोमबार



काठमाडौं, १२ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ सोमबार बिहान हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति कार्यालय, शीतल निवासमा उनले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट सभामुखले शपथ लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्