Logo

आस्था राउत प्रहरीको नियन्त्रणमा



काठमाडौं, माघ १३ । विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा फरार सूचिमारहेकी गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छन् ।त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डिउटीमा रहेकी प्रहरी जवान रमिशा श्रेष्ठले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाउदै उजुरी दिएकी थिइन् ।

महानगरीय प्रहरी परिसर काठमाडौं प्रवक्ता होविन्द्र बोगटीका अनुसार राउतलाई उनका आफन्तले नै प्रहरी कार्यालयमा उपस्थित गराएका छन् ।विमानस्थलमा सुरक्षा जाँचको क्रममा डिउटीमा रहेकी प्रहरी जवानसंग भनाभन भएपछि राउतले त्यसबारे असन्तुष्टि पोख्दै सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो मार्फत प्रहरीले कलाकारमाथी दुव्र्यहार गरेको भन्दै प्रहरीलाई गाली गरेकी थिइन् ।

उनीविरुद्धको अभियोगमाथिको छानबिन अब प्रक्रियागत रुपमा अघि बढ्ने प्रहरीले जनाएको छ ।उनलाई महानगरिय प्रहरी परिसर टेकुमा राखिएको छ ।उनको स्वास्थ परिक्षणकोलागि विर अस्पताल लैजाने तयारी भई रहेको समेत प्रहरीले जानकारी गराएको छ ।



प्रतिक्रिया दिनुहोस्