Logo

यसरी जोगिए प्रधानमन्त्री र उपराष्ट्रपति, राष्ट्रपतिले के गरिन् ?



माघ १३, काठमाण्डौ । धर्मको आवरणमा शृंखलाबद्ध ठगी धन्दा चलाएका विजय भण्डारीविरूद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा कैयौं जाहेरी परेका छन् ।

धर्मको आवरणमा शृंखलाबद्ध ठगी धन्दा चलाएका महाराजविरुद्ध प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखामा कैयौं जाहेरी परेका छन् ।

८ जना पीडितले एक करोड २७ लाख ६० हजार ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी २०७१ असोजमा पक्राउ परेका थिए ।

२०७३ मंसिर ६ मा काठमाडौंले जिल्ला अदालतका न्यायाधीश हरिप्रताप केसीको इजलासले विष्णु प्रपन्नाचार्य बताउने विजय भण्डारीलाई २ वर्ष ६ महिना कैद र ८१ लाख ८५ हजार बिगो जरिवानाको फैसला गरेको थियो । अहिलेसम्म भण्डारी ६ पटक जेल परिसकेका छन् ।

ठगीका अनेकन शृंखलामा जेलिएका व्यक्तिलाई नै महायज्ञको मुख्य वक्ता बनाएर चितवनको नारायणी नदी किनारमा महायज्ञमा आयोजना गरियो ।

महायज्ञ उद्घाटनका लागि प्रमुख अतिथिको हैसियतमा आएका उपराष्ट्रपति नन्दबहादुर पुन शनिबार महायज्ञमा सहभागी नभई फर्किए । यो एउटा उदाहरणीय घटना हो जहाँ उपराष्ट्रपति जस्तो व्यक्तिले आफु जाने कार्यक्रमबारे राम्रोसँग नबुझि जाने निर्णय गरे । भलै अन्तिम समयमा भए पनि विवादित व्यक्ति मुख्य व्यक्ति भएको कार्यक्रमको उद्घाटन नगरी फर्किए ।

२०७६ जेठ १८ गते पोखराको लेकसाइडमा मापदण्ड बिपरित बनाइएको एक होटलको प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा उद्धाटन गर्ने कार्यक्रम अन्तिम समयमा रद्ध भयो ।

पुल्चोक इन्जिनियर कलेजका पूर्व प्राध्यापक समेत रहेका स्थानीय भरत पहारीले निर्माण गरेको १२ तले स्विस इन्टरनेसनल होटल मापदण्ड बिपरित भएको जानकारी अन्तिम समयमा थाहा पाएपछि प्रधानमन्त्री ओली गएनन् ।

भ्रष्टचारी ठहर भएका भरत पहारीद्धारा निर्मित मापदण्ड विपरीतको होटल भन्ने समाचार विभिन्न संचारमाध्यममा आएपछि प्रधानमन्त्री ओलीले अन्तिम समयमा उद्घाटन गर्ने कार्यक्रम रद्द गरेका थिए । अन्तिम समयमा भए पनि विवादित कार्यक्रमबा सहभागि हुनबाट प्रधानमन्त्री जोगिए ।

उच्च पदस्थ व्यक्तिदेखि जनप्रतिनिधिसम्मको काम कारबाही प्रति सर्वसाधारणहरु सन्तुष्ट छैन्न । त्यसमाथि बेलाबेलामा उनीहरुले गरेका कामहरु विवादमा आइरहन्छन् । कहिले ठुला माला लगाउने प्रतिस्पर्दा त कहिले पसल तथा शौचालय उद्घाटनप्रतिको मोह यसका गतिला उदाहरण हुन् ।

विक्रम संवत २०७३ साल मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रामदेवको संस्थाले वीरगन्जको आदर्शनगर रङ्गशालामा आयोजना गरेको योग विज्ञान शिविर—२०७३ को उद्घाटन गरिन् । योग शिविर र आयुर्वेद उद्योग गरी राष्ट्रपतिले वीरगञ्जमा दुई कार्यक्रमको उद्घाटन गरिन् । राष्ट्रप्रमुख जस्तो मान्छे हेलिकप्टर चढेर व्यवसायीक प्रयोजनका लागि आयोजना गरिएको कार्यक्रममा गएको भन्दै त्यसको विरोध भयो ।

२०७५ फागुन २३ बिहीबार राष्ट्रपति भण्डारीले नै पोखराको विन्ध्यवासिनी मन्दिरमा निर्माण गरिएको लिफ्टको उद्घाटन गरिन् । राष्ट्रपति जस्तो गरिमामय पदमा रहेको व्यक्तिसामान्ये कार्यक्रममा सहभागी भएको भन्दै उनको आलोचना भएको थियो ।

यही पौष ११ गते १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राई झापा विर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको माछा पोखरी उद्घाटन कार्यक्रममा सहभागी हुदा आलोचना भयो । यी त केही उदाहरण मात्र हुन । यसरी सामान्य कार्यक्रम वा उद्घाटनमा देशका मन्त्री, नेताहरु र स्थानिय निकायका जनप्रतिनिधिहरु नै जनताको काममा भन्दा यी यस्ता सामान्य काममा समय व्यतित गर्दा आमजनताले के आशा गर्ने भन्ने पश्न गंम्भिर रुपमा उठेको छ । जनताको काममा भन्दा आफुअनुकुल यस्ता सामान्य काममा आफ्नो जिम्मेवारीको वोध नै नगर्नु राजनीतिक मोह भएको विश्लेषक विरेन्द्र मिश्र बताउँछन् ।

२०७६ जेष्ठ २ गते प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे विराटनगरमा एक खाजा घरको उद्घाटन गर्न पुगे ।

मन्त्रालयको बाहेकको कार्यक्रममा नजाने घोषण गरेका मन्त्री यसरी नै दिनभर सामान्य कार्यक्रममा समय बिताउने गरेको भन्दै उनको पनि चर्को आलोचना भयो । २०७६ पौष २७ गते पोखरामा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले देवगंगा शुज सेन्टर नामक जुत्ता पसलको उद्घाटन गरे । उनले पसलको उद्घाटन गरेको तस्बीर बाहिर आएसँगै उनको पनि आलोचना भयो ।

यस्ता उदाहरणहरु त प्रशस्तै छन । जसले आफ्नो पदकै गरिमालाई विर्सिएर त्यस्ता कार्यक्रमहरुमा सहभागी हुदै आएका छन । यति मात्रै होइन स्थानिय जनप्रतिनिधीहरु चुनावको बेला जनतासंग गरेको बाचा, जनतालाई दिएको आश्वशन भुलेर स्वार्थ समुहको पछि लाग्नुले के अपेक्षा गर्ने ?



प्रतिक्रिया दिनुहोस्