Logo

दाउरेले फेला पारे रक्सीको बोतलभित्र सुरक्षित ५० वर्ष पुरानो पत्र



अलास्काका बासिन्दा दाउराको खोजि गर्न गएका थिए । शिशमारेफको २० किलोमिटर पश्चिमतिर अलास्काको समुन्द्री तटमा दाउरा खोजिरहँदा उनले रक्सीको बोतल फेला पारे । बोदलभित्र कुनै वस्तु देखियो । उनमा जिज्ञासा पैदा भयो । सो बोतल प्लास्टिक कर्कले बन्द गरिएको थियो । निकै कठिनाईपूर्वक रक्सीको बोतल खोले ।

त्यसमा रुसी भाषामा लेखिएको पत्र भेटियो । टायलर इभानोफ नामका ती व्यक्तिले रुसी भाषामा लेखिएको चिठ्ठी भेट्टाएपछि आफ्नो फेसबुक पेजमा अनुवादको लागि अपील गर्दै ५ अगष्टमा पोष्ट गरे । यो पत्र २० जून १९६९ मा रूसी जहाज सुलकमा जहाजका नाविकद्वारा लेखिएको थियो ।

रुसी संचारमाध्यमले यो विषयलाई उठाए । क्याप्टेन अनातोली बोटसेन्कोेद्वारा लेखिएको चिट्ठी भनेर संचार माध्यमले पत्ता लगाए । उनले द नोमे अखबारलाइ भने “बोतलको चिट्ठीलै निकाल्न मैले धेरै प्रयास गरे र दात समेत प्रयोग गरे“ “यो भित्रपट्टि सुख्खा थियो र अझै पनि वाइन वा पुरानो मदिराको गन्ध आयो । कागज सुख्खा थियो ।“फेसबुकमा उनको अपीलले अझै सुचित नोटको अनुवाद गर्न प्रेरित गर्यो ।

जब ८६ वर्ष पुरानो क्याप्टेन अनातोली बोटसेन्कालाई उक्त नोटको बारेमा बताइएको थियो उनी खुशीले भावविह्ल भए । गहभरी आँसु पारे । उनले रूसी टिभी च्यानल रोसिया १ लाई भने, “यो मेरो हस्तलेखन जस्तो देखिन्छ । निश्चित रूपमा ! पूर्वी उद्योग फिशिंग बेड !
उनले १९६० मा सुलकको निर्माणको पर्यवेक्षण गरेका थिए र १९७० सम्म यसमा यात्रा गरेका थिए भनेर क्याप्टेन अनातोली बोटसेन्कालाई रिपोर्ट गरियो ।-Photo Source: Foxnews



प्रतिक्रिया दिनुहोस्