Logo

अबुधाबीको शेख जायद मस्जिद : विश्वको भव्य पूजा गर्ने ठाउँ



अबु धाबीको शेख जायद मस्जिद हजपछि मुश्लिम समूदायको भव्य पूजा गर्ने ठाउँ रहेको छ । यो मस्जिदमा प्रत्येक वर्ष लाखौँको मात्रामा पर्यटक भित्रिने गर्छन् । अबु धाबीको सबै भन्दा ठूलो श्रेत्रफल भएको मस्जिद शेख जायद मस्जिद भनेर चिनिन्छ ।

त्यहाँ कुनै मानिस खाली हात फर्किदैनन्, सबैको मनोकामना पुरा हुने मान्यता रहेको छ ।मस्जिदको भ्रमण गर्न २०१७ मा ३४ लाख पर्यटक आएका थिए । सोहि वर्ष मस्जिदलाई दोस्रो मनपद्रो धार्मिक स्थलको रुपमा चिनाएको थियो ।

मस्जिद सन् १९९६ मा बन्न सुरु भएको थियो । मस्जिद पूर्ण रुपमा निर्माण हुन १२ वर्ष लागेको थियो । मस्जिदको कुल श्रेत्रफल बाईस हजार ४१२ वर्ग मीटर रहेको छ । मस्जिदमा एकपटकमा करिब ४० हजार श्रद्धालू पूज गर्न सक्छन् । मस्जिदको निर्माणमा हातले बुनेको कालीन, ठूलो झुमर र ठूलो गुम्वजले यस मस्जिदलाई गिनिज वल्र्ड रेर्कडमा सामिल गरेको छ । यसको निर्माणकार्य र बहूमुल्य गरगहनाको सजावटले आश्चर्य चकित बनाउँछ ।



प्रतिक्रिया दिनुहोस्