Logo

आफ्नै साथीको हत्या गरी फरार बंगलादेशी नागरिक पक्राउ (तस्विरसहित)



काठमाडौं, १६ माघ । बंगलादेशी नागरिक मुहिउद्दिन अहमद परवेज हत्या प्रकरणका मुख्य आरोपित दुला मियाँ पक्राउ परेका छन् । उनको हत्याको कारण विदेश लाने भनेर लिएको चार लाख रुपैयाँ भएको प्रहरीले खुलासा गरेको छ ।

बिहीबार काठमाडौं प्रहरी परिसर, टेकुले पत्रकार सम्मेलन गरेर मुख्य आरोपित मियाँलाई सार्वजनिक गरेको हो । मृतकले मियाँलाई लेवनान पठाउने भनेर ३ लाख टाँका (नेपाली ४ लाख ३ हजार) लिएको तर, काठमाडौंमा भिषा नलागेपछि भएको विवादमा अहमदको हत्या भएको प्रहरीको निश्कर्ष छ ।

 

काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अघिल्लो दिन हिमालय एयरलाइन्समार्फत सँगै काठमाडौं आएका दुई जनाबीच विवाद हुँदा विदेशी विस्कीको बोतल प्रहार गरेर अहमदको हत्या गरेको मियाँले स्वीकारेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्