Logo

कुकुरको मृत्युपछि पाँच सयलाई मृत्युभोज



आफ्नो पालुवा जनावर प्रति सबैको धेरै प्रेम हुने गर्छ । जर्मन शैपर्ड जातीको यो कुकुरको मृत्यु पश्चात उसका मालिकले पाँच सय जनालाई मृत्युभोज खुवाएका थिए । त्यो परिवारको कुकुरप्रति लगाबलाई चर्चाको विषय बनाएका छन् ।

पप्पु चौहानको परिवारले उक्त कुकुरलाई आफ्नो परिवारको सदस्य मानेका कारण उसको सम्पुर्ण मृत्यु संस्कार गरिएको थियो । पिंकी नामकी पालुवा कुकुर मर्दा उक्त परिवारले शोक मनाएका थिए ।

आफ्नो परिवारले पिंकीलाई छोरी सरह मान्ने गर्थे । पप्पुका दुई छोराहरु छन् । पिंकीको मृत्युमा उनका छोराहरुले कपाल मुन्डन गरेका थिए । उनको मृत्यु भोजको दिन भोजन भन्दा पहिला मानिसहरुलेृ पिंकीको फोटोमा फुल चढाएका थिए ।



प्रतिक्रिया दिनुहोस्