Logo

विश्वकै सबैभन्दा पुरानो जीवाष्म वन



विश्वकै सबैभन्दा पुरानो जीवाश्म वन पत्ता लागेको छ । सो वन करिब तीन सय ८५ मिलियन पुरानो रहेको जनाइएको छ । वन अमेरिकाको न्यूयोर्कमा छ । वन निकै फरक रहेको विज्ञहरु बताउँछन् । न्यूयोर्क स्टेट संग्राहलयका एक व्यक्तिले पहिलो तस्बिर सार्वजनिक गरेका छन् ।

विज्ञहरुले सो ठाँउको अध्ययन गर्ने क्रममा त्यहाँका माटो र रुखो जरा अत्याधिक पुरानो रहेको जनाएका छन् । त्यस ठाँउको अधिकांश रुखहरु विनाशकारी बाढीले बगाएको कारण त्यस क्षेत्रमा कनै पनि रुख र विरुवाहरु नरहेको ठहर छ । त्यस क्षेत्रमा माछाको जीवाष्म पनि भेटिएको छ ।

उक्त वनको नाम कायरो हो । वन पौराणीक कालको अमूल्य वन थियो । डायनासोरको पालादेखि नै सो वन अवस्थित रहेको अनुमान गरिएको छ । त्यस क्षेत्रमा रहेको किराहरु करिब चार सय मिलियन पुरानो रहको छ । त्यस क्षेत्रमा चार खुट्टे जनावरहरु संख्या बढी रहेको भनिएको छ । त्यस क्षेत्रमा रहेको तीनवटा रुखहरु अहिले सम्म अज्ञात रहेको र सो रुखहरुको खोजी जारी रहेको छ । स्थल र समुद्री क्षेत्र दुवैको बीचमा अवस्थित सो वन हाम्रो वातावरणलाई प्रमुख भुमिका निभाउने गर्दछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्