Logo

आँखामा ट्याटू बनाउने महिला(भिडियोसहित)



मानिसहरु आफ्नो शरीरमा विभिन्न प्रकारका ट्याटूहरु स्मरणको लागि बनाउने गर्छन् । ट्याटूले यूवाहरुमा क्रेज बनाएको छ । ट्याटू बनाउन निकै पैसा समेत खर्च हुने गर्छ । कतिपय मानिसहरुले आफूलाई अलग देखाउन शरीरभरी ट्याटू बनाएका हुन्छन् । यसगरि अष्ट्रेलियायी महिला एमबर ल्यूकले आफ्नो आँखामा ट्याटू बनाएकी छिन् ।

आँखामा ट्याटू बनाउँदा उनलाई केहि हप्तासम्म आँखा देख्न गाह्रो भएको थियो । २४ वर्षीय महिलाले आफूलाई दि ब्लू आई ह्वाईट ड्रेगन भनेर सम्बोधित गर्छिन् । उनले आफ्नो सेतो आँखालाई निलो रङ बनाएकी छिन् । उनले १६ वर्ष देखिनै ट्याटू शरीरभरी बनाउन थालेकी हुन् । उनको आँखामा ट्याटू बनाउँदा करिब ४० मिनेट लागेको थियो । उक्त समय अत्याधिक गाह्रो भएको उनले जनाएकी छिन् ।

ट्याटू बनाउनको लागि प्रत्येक आँखामा चारबटा सुई घोपेको थियो । मसी आँखामा राख्दा निकै पोल्ने समेत गर्दछ । त्यसकारण तीन हप्तासम्म आँखा नदेख्ने भएकी थिइन् । उनको अनुसार सबै प्रक्रिया मिलेमा अन्धोपन नहुने समेत दाबी गरेकी छिन् । उनले आफ्नो शरीरमा विभिन्न प्रकारका करिब २०० वटा ट्याटू बनाएकी छिन् । उनले आफ्नो शरीरमा ट्याटू बनाउन करिब ३७ हजार डलर खर्च गरेकी छिन् । उनले मार्च २०२० सम्ममा पूर्ण शरीरलाई ट्याटूले ढाक्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस्