Logo

बालुवाटारमा ओलीले बाँसुरी बजाउँदा खनाल-नेपालले बजाए सारांगी



काठमाडौं, २१ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको सांगितिक माहोलमा रमाएको तस्विर बाहिरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सार्वजनिक गरेको उक्त तस्विरमा ओलीले बाँसुरी बजाएका छन् भने नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपालले भने सारांगी बजाएका छन् । यो तस्विर प्रधानमन्त्री ओलीको सचिवालयले किन सार्वजनिक गरेको हो ? यो अहिलेपनि यकिनका साथ भन्न सकिने अवस्था छैन् ।

यो कहिले आयोजित कार्यक्रमको फोटो हो ? त्यो पनि थाहा छैन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुभन्दा अघिकै तस्विर हो कि एकतापछिको हो ? त्यो पनि स्पष्ट भनिएको छैन् । तर, कार्यक्रमको आयोजक भने मदन भण्डारी कला साहित्य प्रतिष्ठान रहेको ब्यानरले बताउँछ ।
थापाले आफ्नो फेशबुक पेजमा लेखेका छन्,”बालुवाटारमा सारङ्गी र बाँसुरीको सुमधुर धून!”



प्रतिक्रिया दिनुहोस्