Logo

आकासमै बच्चा जन्मिएपछि विमानको आकस्मिक अवतरण



२२ माघ : दोहाबाट बैंककका लागि उडिरहेको कतार एअरवेजमा एक थाई महिलाले बच्चा जन्माएकी छिन् । ती यात्रुले विमानमा रहेकै समय प्रसुती व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्माएकी हुन् ।

विमान कम्पनीले महिलाको नाम सार्वजनिक नगरेको र विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा आकस्मिक अवतरण गराएका थिए । विमान अवतरणपछि महिला र बच्चा दुवैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

कलकत्ता विमानस्थलका अधिकारीले भनेका छन्– ‘दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३० को विमानले जीवनरक्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३ः०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण भएको छ ।’

बताइएअनुसार विमान सुरक्षित अवतरण गरेको थियो भने सम्बन्धित व्यक्तिलाई चिकित्सक र विमानस्थल टोलीले आवश्यक सहयोग गरेका थिए ।घटनारविचारबाट



प्रतिक्रिया दिनुहोस्