Logo

आमा–बुवा दुबैलाई १४ महिनाको तलबसहित सुत्केरी बिदा



फिनल्यान्ड, माघ २४ । फिनल्यान्डले बालबालिकाहरुको सुस्वास्थ्यलाई ध्यानमा राख्दै सुत्केरी बिदामा नयाँ कानुन लागु गर्ने भएको छ।

यसमा नयाँ बिदा नीति अन्तर्गत आमा र बुवा, प्रत्येकलाई १६४ सम्मको अर्थात कूल १४ महिनाको तलब सहितको सुत्केरी बिदा दिइने बुधबार सरकारले घोषणा गरेको हो। यसमा एकजना अभिभावकलाई आफ्नो भागको ६९ दिनको बिदा अर्को अभिभावकलाई दिन चाहेमा पनि अनुमति दिइएको छ।

त्यस्तै एक्ला अभिभावकलाई भने ३२८ दिनसम्मको छुट्टी दिइने बताइएको छ। यो नयाँ कानुन आगामी २०२१ देखि कार्यन्वयन हुनेछ। यसअघि फिनल्यान्डमा आमालाई चार महिना र बुवालाई दुई महिनासम्मको सुत्केरी बिदा दिइने चलन रहेको थियो।

तर चारमध्ये एक पिताले मात्र सो बिदा उपयोग गर्ने गरेको पाइएको थियो। यसरी यो नयाँ नीतिले दुवै अभिभावकलाई बच्चासँग धेरै समय बिताउने अवसर दिनुका साथै लैङ्गिक असमानता पनि हटाएको बताइएको छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्