Logo

पूर्व सचिव कार्कीकी श्रीमती अचेत अवस्थामा फेला, कामदार चौधरी मृत



काठमाडौं, २७ माघ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की सानेपास्थित् आफ्नै घरमा आज विहान अचेत अवस्थामा फेला परेकी छिन् । उनको टाउकोमा गम्भिर चोट लागेको ललितपुर प्रहरीले जनाएको छ ।

उनका घरमा काम गर्ने २२ वर्षीय विजय चौधरी नाईलनको डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीका अनुसार डोरी झरेर लडेको अवस्थामा चौधरी भेटिएका थिए ।

घट्नाको जानकारी पूर्व सचिव कार्कीले प्रहरीलाई दिएपछि टोली खटिएको थियो । घट्नाको जानकारी सवा १२ बजे प्रहरीले प्राप्त गरेको थियो । अहिले घट्नास्थलमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख टेक बहादुर राईसहितको टोली पुगेर अनुशन्धान गरिरहेको छ । घट्नाको कारणबारे प्रहरीले सोधपुछ समेत गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्