Logo

बैक ब्यालेन्स् देखाउन ६० लाख ठग्ने पक्राउ



काठमाडौं, ५ फागुन । अमेरिका जान भिसा प्रोसेसका लागि बैक ब्यालेन्स् देखाउन भनी ६० लाख रुपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरु भक्तपुर ठिमीबाट आइतबार बेलुका पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा ललितपुर ईमाडोल बस्ने ३४ वर्षीय रामचन्द्र कुँवर र गणेश लामा रहेका छन् ।

काठमाडौं तार्केश्‍वर नगरपालिका-२ बस्ने नुवाकोटकी महिलालाई कुँवरले अमेरिका जानको लागि बैक ब्यालेन्स् देखाउनुपर्ने भन्दै विभिन्न प्रलोभनमा पारी आफ्नो बैंकका खातामा ६० लाख रुपैयाँ राख्न लगाई रकम राखेको भोलीपल्ट बैंकबाट विभिन्न शाखाबाट नक्कली कागजपत्र र नक्कली सवारी चालक अनुमतीपत्र राखी रकम निकाली ठगी गरी सम्पर्क विहिन भएका थिए । उनीहरुलाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले अन्य ३ जना समेतबाट ७० लाख रुपैयाँ लिई ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्