Logo

नेकपा कार्यदलले एमसीसीबारे प्रतिवेदन आजै बुझाउने



काठमाडौं, ९ फागुन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले एमसीसीबारे अध्ययन गरी सुझाव पेश गर्ने जिम्मेवारीसहित गठन गरेको कार्यदले प्रतिवेदन तयार पारेको छ । शुक्रबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरवारमा करिब साढे पाँच घण्टासम्म बसेको कार्यदलको बैठकले प्रतिवेदन तयार पारेको हो ।

उक्त प्रतिवेदन आजै साँझसम्ममा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाउने तयारी गरिएको छ । एमसीसी पारित गर्ने वा नगर्ने भन्नेबारे नेकपाभित्र अहिले मत विभेद छ । प्रधानमन्त्री ओलीले त संसदमा सम्बोधन गरेर एमसीसी पारित गर्न ढिलाई भएको भन्दै तत्काल पारित गर्ने घोषणा गरिसकेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्