Logo

जहा पति पत्नी वर्षको ५ दिन गर्दैनन् हासी मजाक



भारतको हिमाचल प्रदेशमा एक अनौठो परम्परा चलिआएको छ । कुल्लु गाउँको पीणीमा यस्ता अचम्मको परम्परा सदियौ देखि चल्दै आएको छ । मणिकर्ण घाटी गाउँमा पति पत्नी वर्षदिनमा ५ दिन सँगै बसेर हासी मजाक गर्दैनन् । महिलाहरुले ५ दिनसम्म कपडा पनि फेर्न सक्दैनन् । महिलाहरुले ५ दिन सम्म ऊनबाट बनेको पछ्यौरा ओढ्ने गर्छन् ।

उक्त पीणी गाउँमा यस्तो अनौठौ परम्परा १७ बाट २१ अगस्त सम्म ५ दिनको लागि गरिन्छ । उक्त दिनमा रक्सी पनि सेवन गर्दैनन् । त्यहाँका मानिसहरुले घोडालाई देवता भनि पुज्ने गर्छन् । त्यस ठाउँमा राक्षसको आतंकले त्रसित गाउँलेहरु घोडाले राक्षसको नाश गरकोले घोडालाई देवता भनि पुज्ने गर्छन् ।



प्रतिक्रिया दिनुहोस्