Logo

बाँस्कोटा प्रकरणबारे विप्लव बोले : ‘ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ’ (विज्ञप्तीसहित)



काठमाडौं, ९ फागुन । नेत्रविक्रम चन्द विप्लव समूहले गोकुल प्रसाद बाँस्कोटाको कमिशनको अडियो प्रकरणबारे मुख खोलेको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीका असली चेलाको यो काण्डले देश लज्जित भएको टिप्पणी गरेको छ ।

केपी ओली नेतृत्वको सरकार देशको लागि अभिशाप भएको उक्त समूहको आरोप छ । आज (शुक्रबार) एक विज्ञप्ति जारी विप्लवले ओली नेतृत्वको सरकार घुसखोरी काण्डलाई ढाकछोप गर्न लागेको टिप्पणी गरेका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ,‘सेक्युरिटी मेसिन खरिदसम्बन्धी काण्डमा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन (घूस) मागेको विषयले देश तरंगित भएको छ, देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको मुद्दामा प्रधानमन्त्री ओलीका असली चेलाको यो काण्डले देश लज्जित छ।’



प्रतिक्रिया दिनुहोस्