Logo

४६ हजार वर्ष पुरानो चराको अस्थिपञ्जर



साइबेरिया, फागुन १० । साइबेरियामा ४६ हजार वर्ष पुरानो चराको अस्थिपञ्जर भेटिएको छ।

वैज्ञानिक उक्त चराको अस्थिपञ्जरका अनुसन्धानबाट करिव ४६ हजार बर्ष पुरानो हुन सक्ने पुष्टि गरेका हुन्। उक्त चरा हिउँमा जमेको अवस्थामा भेटिएको बताइएको छ। साइबेरियाको उत्तर पूर्वी क्षेत्र बेलाया गोरामा यो चरा भेटिएको हो।

उक्त चरा स्थानीय शिकारीहरुको मद्दतबाट स्विडिस संग्रहालयका अनुसन्धाताले पत्ता लगएका हुन्।अनुसन्धाताले उक्त चरा ४६ हजार वर्ष पुरानो भएको पुष्टि गरेका हुन्। यस क्षेत्रमा वैज्ञानिकले केही शव र जनावरका शरीरको भागसमेत भेटेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्