Logo

मांशाहारी गाई



केन्याको नैनोबीमा एउटा किसानको गाईले घास पराल नखाएर भेडोको मासु खान शुरु गरेको छ । केन्याको काउंटीमा बस्ने किसान चालर्स मेमोबोलियोको घरमा रहेको गाईले भेडोलाई मारेर खाएको हो । भेडोलाई गाईले हानीहानी हत्या गरी उसलाई खाएको हो ।
पछिल्लो समय त्यो गाईले पानी र खाना पनि खाना छोडेको थियो मालिकले खाना दिएता पनि उक्त गाईले खान छाडेको थियो । हाल उसको लागि भोजनको मात्रा बढाए पनि उसको व्यवहार भने बदलिएको छैन ।
डाक्टरहरुले यस घटनालाई लिएर यस्तो असाधरण परिस्थिती आउनुमा गाईको भोजन मा पोषणको कमी हो भनेका छन् । केन्यामा हरीयो घासमा पोषक तत्व कमी भएको हुनाले धेरै जनावरमा यो समस्या आउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्