Logo

चार हात र चार खुट्टा भएको बच्चा जन्मियो



भारतको उत्तर प्रदेश शहरको कानपुरमा डफरिन अस्पतालमा एक विचित्रको बच्चा जन्मिएको छ । यो बच्चीको चार हात र चार खुट्टा छन् । यस्तो विचित्रको शारीरीक बनावट हेर्नको लागि भीड लाग्ने गरेको छ । केहि मानिसहरुले देवी मानेर दर्शन गरीरहेका पनि छन् । पुरै शहरमा यसकै बारेमा निकै चर्चा भएको छ ।

चार हात खुट्टा भएको उक्त बच्चा देखेर प्रसव गराउने डाक्टर पनि अचम्मित परेका छन् । सबैले भगवान मानेर दर्शन गरिरहेको समयमा उनको निधन भएको थियो । पिता सनी र आमा रजनीले विचित्रको बच्चा जन्माएको १० मिनेटमा उक्त बच्चाको मृत्यु भएको थियो । उनलाई प्रसवका लागि अस्पतालमा भर्ना गरिएको थियो । बच्चाको मृत्यु पश्चात परिवारले बच्चीको शव लिएर अस्पतालबाट बाहिरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्