Logo

एन्टिबायोटिक औषधि सेवन गर्दा जिब्रोमा रौं पलायो



एजेन्सी, फागुन १३ । जिब्रोमा रौं पलायो भनेर सुन्दा पत्याउन मुस्किल पर्छ । तर, यो सत्य हो । अमेरिकामा हालसालै एउटा डरलाग्दो घटना भएको छ ।भएको के थियो भने, कार दुर्घटनापछि एक महिलाको उपचार जारी थियो । त्यसक्रममा उनलाई एन्टिबायोटिक औषधि सेवन गराइयो । पछि औषधिकै कारण उनको जिब्रोमा रौं पलाएको छ । यो घटनापछि अहिले सबैजना अचम्ममा परेका छन् ।

खबरअनुसार ५५ वर्षीया महिला कार दुर्घटनामा परेपछि उनका दुवै खुट्टामा घाउ थियो । उपचार सुरु हुनासाथ उनलाई डाक्टरले मेरोपेनेम तथा मिनोसाइलाइन नामक एन्टिबायोटिक औषधि खान दिएका थिए ।

तर, त्यो औषधि खाएको ४ हप्तापछि ती महिलाको जिब्रो बाक्लो हुँदै गयो । बोल्न गाह्रो हुन थाल्यो । त्यसपछि ती महिला डाक्टरकहाँ गएर जाँच गराउँदा उनको जिब्रोमा रौं पलाएको कुरा पत्ता लाग्यो ।

यो बताइएको छ कि, ती महिलाको जिब्रोमा रौं पलाउनुको कारण उनले सेवन गरेको एन्टिबायोटिक औषधि हो । सोही औषधिको एलर्जीका कारण उनको जिब्रोमा रौं पलाएको हुनसक्छ ।यस्तो अनौठो रोगलाई चिकित्सा भाषामा लिंगुआ भिलासा निग्रा भन्ने गरिन्छ । यस्तो अवस्थामा १ देखि १८ मिलिमिटरसम्म लामा रौं जिब्रोमा पलाउन सक्छन् । चिकित्सकका अनुसार मुख स्वस्थ नहुनु, धेरै मदिरा पिउने कारणले यस्तो समस्या आउने गर्छ ।



प्रतिक्रिया दिनुहोस्