Logo

पानीमा रुखहरु माथी बढेको देखिने रहस्यमय ताल



काजाकिस्तानमा क्यान्डी तालको रुपमा परिचित, यो ताल आश्चर्यको तुलनामा कम छैन । माथीबाट यो सुन्दर ताल जस्तो देखिन्छ, तर नजिक जादाँ तपाईले सतहबाट अजीब काठका खम्बाहरु देख्न सकिनेछ । वास्तवमा यी रुखका अंशहरु हुन् । बाँकी अंश पानीमुनि डुबेको छ ।

यो ताल यस्तो हुनुमा १९११ को भुकम्प हो । भुकम्पको कारण पहिरोले सम्र्पुण क्षेत्र उखेलियो र यी रुखहरु ढल्नाले पुरै प्राकृतिक बाँध नै बनायो । करिब एक शताब्दीको लागि उक्त सम्पुर्ण क्षेत्रलाई वर्षा भई पानीले भरिदियो । यहाँका जंगलहरुलाई वर्षाको पानीमा डुबाइदियो । बिस्तारै यसले तालको रुप लिई क्यान्डी तालको अस्तित्वमा आयो ।

उक्त ताल समु्द्रि सतहबाट करीव २ हजार मिटर माथि अवस्थित छ । रुखको माथिल्लो भाग, जसमा पात र शाखाहरु पानी मुनि रहेका थिए । उही तरीकाले सुरक्षित गरी पानी मुनि जंगल भयो ।

उक्त तालमा भएको पानी धेरै चिसो छ, यसले ठुलो फ्रिजको रुपमा काम गर्दछ । यो ताल कजाकिस्तानको सबैभन्दा ठुलो शहर अल्माटीबाट ८० माईलको दुरीमा छ ।
हालका वर्षहरुमा काजाकिस्तानको ताल क्यान्डी विश्वको पर्यटकहरुको लागि एक प्रसिद्ध पर्यटन गन्तव्यको रुपमा देखा परेको छ । उक्त ताल हिउँदको मौसममा हिउँ ड्राइभिंग र माछा मार्न पनि परिचित छ ।



प्रतिक्रिया दिनुहोस्