Logo

मुटु छुने गोहीको फोटो



एक गोही आफ्नो बच्चासँग देखिएको छ । जो पानीको किनारबाट किनारमा आउँदैछ् । मानिसहरुलाई गोहीबाट पाएको जिम्मेवारीको पाठ सिक्न सकिन्छ ।
यो फोटो आईएफएस अफिसर प्रवीण कासवानले फरवरी ६ मा ट्वीटर मार्फत सेयर गरेका थिए । उनको एकैसाथ ११ सय बढी व्यक्तिहरुले रिट्वीट गरेका थिए । धृतिमान मुर्खर्जीले आफ्ना बच्चाहरुको साथमा खोला पार गर्दै गरेको गोहीको फोटो खिचेका थिए ।

गोहीले आफ्नो बच्चाहरुलाई बचाउन आफ्नो शरीरमा बसिरहेको छ । उसले बच्चाहरुलाई नदीको किनारमा सुरक्षाको लागि लैजान्छ । यस चित्रबाट जिम्मेवार बाबुहरुको छविलाई अझ शसक्त रुपमा देखाएको भान हुन्छ ।

धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो बच्चाहरु प्रति गोहीको जिम्मेवार व्यवहारको प्रशंसा गरेका छन् भने केहिले मानवहरुले गोहीबाट सिक्नुपर्ने बताएका छन् । कसैले यति धेरै जिम्मेवार बुबा हुन नसक्ने पनि सामाजिक संजालमा बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्