Logo

ट्राफिक जाम छल्न एम्बुलेन्सको प्रयोग



तेहरान, फागुन १४ । खासगरी एम्बुलेन्स आपतकालिन सेवामा प्रयोग हुने सवारी साधन मानिन्छ । सडकमा बीना अवरोध बिरामीलाई अस्पताल पुर्याउन संसारमा यसको प्रयोग गरिदै आएको छ ।

त्यसकारण यस सवारीमा एक प्रकारको साइरन जडान गरिएको हुन्छ । त्यो बजाइसकेपछि सडकमा सबैले आपतकालिन अवस्थामा रहेको मानिसको बचावटका लागि बाटो खाली गराइदिन्छन् । नेपालमा एम्बुलेन्सबाट विभिन्न प्रकारका प्रतिबन्धित बस्तु ओसार पसारमा प्रयोग हुँदै आएको भेटिएपनि इरानमा भने घनि मानिषहरुले ट्राफिक जाँमबाट बच्न प्रयोग गर्ने गरेको खवर बाहिरिएको छ । आपतकालिन अवस्थामा भन्दा पनि ट्राफिक जामबाट बच्न एम्बुलेन्सको प्रयोगगर्ने पहुँचवाला र धनीहरु नै रहेको समाचारमा जनाइएको छ ।

तेहरान यस मुलुकको सबैभन्दा उच्च जनघनत्व भएको शहर हो । यस शहरमा मात्र १ करोड ४० लाख मानिस बसोबास गर्छन् । त्यँहाका सडक पनि नेपालका जस्तै साँघुरा हँदा लाखौ मानिस एकै समयमा काममा निस्किदा घण्टौ जामको सामना हुने गरेको छ ।

हालै एक फूटबल खेलाडीले बोलाएको एम्बुलेन्सबाट यसको नमुना सार्वजनिक भएको हो । उनले एम्बुलेन्सलाई ट्याक्सीका रुपमा घरमा बोलाएका थिए । उनको घरमा कोही पनि बिरामी थिएनन ।खासगरी अभिनेता, खेलाडी तथा धनी मानिसहरुले जामबाट छुटकारा पाउन यो उपाय अपनाइरहेको संचारमाध्यमले लेखेका छन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्