Logo

दुनियाको सबैभन्दा खतरनाक लिफ्ट (फोटो कथा)



काठमाडौं, फागुन १४ । छिमेकी मुलकु चिनको ठुलो पाहाडमा बनेको लिफ्ट हेर्न बार्षिक लाखौ पर्यटक पुग्ने गरेका छन् । ठुला पाहाडमा बनेको उक्त लिफ्टमा यात्रा गर्न पनि निकै साहसको आवश्यकता पर्छ ।


यो लिफ्टलाई मानिसहरु ‘हन्ड्रेड ड्रयागन स्काई लिफ्ट’ को नामले चिन्छन्। यसको नाम दुनियाको सबैभन्दा ठुलो लिफ्टमा समावेश छ र यो लिफ्टमा चढ्नु त्यतिनै रोमान्चक छ। यो लिफ्ट १०७० फिट अर्थात् ३२६ मिटर लामो रहेको छ जसमा करिव ५० जना बस्न सक्छन्।

चारैतर्फ पहाडको बिचमा बनेको यो लिफ्ट हेर्दा निकै आकर्षित छ । जब यो लिफ्ट तलबाट माथि र माथिबाट तल जान्छ तव मानिसहरुलाई राम्रो दृश्य हेर्ने मौका मिल्छ।यो दुनियाको सबैभन्दा लामो आउटडोर लिफ्ट हो। तलबाट माथि जाँदा यो लिफ्टले करिव २ मिनेट लगाउछ। यो लिफ्ट चीनको झांगजियाजी फोरेस्ट पार्कको वुलिंगयुआन स्केनिक इलाकामा अवस्थित छ।


लिफ्ट पुरै सिसाले बनेको छ। जहाँ लिफ्ट छ त्यहाँबाट माथि हिडेर जान करिव दुइ घण्टा लाग्छ, तर लिफ्टबाट यो काम जम्मा २ मिनेटमा हुन्छ। – एजेन्सी



प्रतिक्रिया दिनुहोस्