Logo

१०५ वर्षकी हजुरआमा ४ कक्षा पढ्दै, ल्याइन् ७४.५ प्रतिशत



भनिन्छ,पढ्न लेख्नलाई कुनै उमेरले छेक्दैन । १०५ वर्षकी एक बृद्ध महिलाले कक्षा ४ मा ७४.५ प्रतिशत अंक ल्याएर यो तथ्य प्रमाणित गरेकी छिन् । यी वृद्ध महिलाको नाम भगीरथी अम्मा हो । भगीरथी अम्मा गत नोभेम्बरमा राज्य साक्षरता अभियान द्वारा कोल्लममा आयोजित परीक्षामा सामेल भएकी थिइन् । भर्खरै यो नतिजा घोषित भएको छ, जसमा अम्माले २७५ अंकमा २०५ अंक हासिल गरेकी छिन् ।

उक्त साक्षरता अभियानले जारी गरेको एक विज्ञप्तीमा भनिएको छ , कुल ११५९३ विद्यार्थीमा ४ कक्षाको विद्यार्थी उपस्थित भएकोमा १००१२ सफल भएका थिए । त्यसमा ९४५६ महिला छन् । यी बृद्ध महिलाको छ जना बच्चाहरु छन् भने १६ नाती नातिना रहेका छन् ।

यो सबैको प्रेरणाको कुरा हो कि यस उमेरमा पनि उनले जोश देखाएर अध्ययन गर्न शुरु गरिन् । धेरै व्यक्तिहरु अम्माको यस सह्रानिय कार्यका लागि खुलेर तारिफ गर्दछन् । उनले आफुले बाल्यवस्थाबाट नै पढ्न चाहेको तर परिवारको कारण मध्य पश्चिममा जान परेकाले पढ्न नपाएको बताएकी छिन् । कक्षा तीनमा पढ्दै गर्दा उनको विवाह भएकाले बच्चाहरुको जिम्मेवारीमा फसेपछि उनको पढाई टुङ्गिएको थियो । उनले आफ्नो ढल्केदै गरेको यो समयमा पनि पढाईमा फर्कने निर्णय गरिन् । हाल उनी अध्ययनरत छिन् ।



प्रतिक्रिया दिनुहोस्