Logo

मानिसको पिसाबमा रक्सी आयो



पिट्सबर्गमा बस्ने एउटी महिलामा दुर्लभ रोग सिड्रोम पत्ता लागेको छ । जसले खमीर र चीनी फर्मतेशनको कारण मुत्राशय र रक्सीमा मदिरा उत्पादन गर्दछ । यो विश्वको पहिलो घटना हो । ६१ वर्षिया यी महिलालाई मधुमेह र कलेजोको सिरोसिस छ । यी महिला कलेजो प्रत्यारोपण गर्ने पर्खाइमा दाता कुर्दैै छिन् । यद्यपि उनलाई यस प्रत्यारोपण सुचीबाट हटाइएको छ र रक्सीको दुरुपयोग नगर्न पनि सल्लाह दिइएको छ ।

डाक्टरहरुले उनको रक्सीको लतको कारण यस्तो समस्या आएको बताएका छन् । तैपनि बिरामीले भने आफुले कहिल्यै रक्सी नपिएको बताउदै आएकी छिन् । डाक्टरहरुले धेरै पटक महिलाको मुत्र परिक्षण गरेका छन् तर सबै जाँचमा सकरात्मक नतिजा आएका छन् त्यसकारण उनीमाथी शंकास्पद दृष्टिले हेरीएको छ । महिलाको रगत परिक्षण गर्दा कुनै किसिमको रक्सीको असर नदेखिएकाले डाक्टरहरु पनि छक्क परेका छन् ।

पिसाब गर्दा रक्सी आउनु मुख्य समस्या होइन यसले बिरामीको स्वास्थ्यलाई असर गर्दैन, यद्यपि खमीर हटाउन प्रयास भने भइरहे पनि तिनीहरु सफल हुन सकेका छैनन् उनी मधुमेहको पनि बिरामी भएका कारण पुर्ण रुपमा हटाउन सकेका छैनन् । डाक्टरहरुका अनुसार बिरामीलाई कलेजो प्रत्यारोपणका लागि पुनः अस्पताल भर्ना गरिएको तर कहिले र कसरी उपचार गर्ने भन्नेमा अझै जानकारी छैन ।



प्रतिक्रिया दिनुहोस्