Logo

नोट बटार्ने प्रतियोगितामा हातमा आएजति लैजान पाउने



प्रतियोगीता त जीवनभर सुनेको नै हो तर अनौठा खाले प्रतियोगीता चाही कमै सुन्न पाइन्छ । चीनको एक झेजियांग प्रान्तमा नोट बटार्ने अनौठो प्रतियोगीता सम्पन्न भएको छ । जसमा मानिसहरुलाई खुला नोट बटार्न च्यालेन्ज दिएका थिए । जति बटार्न सक्छ त्यति नै आफूले लैजान पाउने भनिएको थियो । हाल उक्त प्रतियोगीताको निकै चर्चा भएको छ ।

कार्यक्रममा मानिसका लागि धेरै भन्दा धेरै नोट बटार्ने समय १ मिनेट दिइएको थियो । प्रतियागीतामा ५ करोड पैसा राखिएको थियो । कोठामा भएको धेरै नोट बटारेमा उसैलाई इनाम दिने घोषणा गरिएको थियो ।

चीनको सोंगछेंग ग्रुपमा १० दिनमा आफ्नो अफिसियल अकाउंटमा पहिला जानकारी दिइएको थियो । यसका लागि १० पर्यटकलाई हेंगझोऊ मा बोलाइएको थियो । कोझोऊ शहरको एक महिला विजेता भएकी थिइन् । उनले १ मिनेटमा १८ हजार तीन सय युआन जीतेकी थिइन् । उक्त प्रतियोगिताको आयोजना पर्यटकहरुलाई धन्यवाद दिने उद्देश्यले गरेको आयोजक पक्षले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्