Logo

पाँच चितुवाकोबीचमा यी मानिस



बोत्सवानाको एक रिर्जभ मा चितुवा र फोटोग्राफरको मनछुने तस्बिर बाहिर आएको छ । फोटोग्राफर किम वोल्टुटर मशातु बोत्सवाना गेम रिर्जभमा फोटोग्राफरको लागि गएका थिए । उनले फोटो शुट गरीरहेको बेला चितुवाको एक समुह उनको नजिक आयो । जुन फोटोबाट नै स्पष्ट हुन्छ । चितुवाले फोटोग्राफरको नजिक आएर किमको खुट्टामा छोएको थियो ।

जंगली चितुवाले फोटोग्राफरलाई हमला नगरी नजिकियो । चितुवासँग चार बच्चा पनि सँगै थिए । सामाजिक सञ्जालमा भाइरल भएको उक्त फोटोले किमलाई निकै निडर भनेका थिए । किमले ५७ वर्षदेखि लगातार वाइल्डग्राफी गरिरहेका छन् ।

किमले चितुवाको बीचमा फोटो राखेर केहि बेरमा नै हटाएका थिए । चितुवाका बच्चा आफ्नो खुट्टामा आएर खेल्दा आफुलाई आनन्द लागेको र बच्चाहरु शान्त देखिएको पनि किमले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्