Logo

ममतामयी आमा बन्न तालिम



सुन्दर र असल आमा बन्नु सबै महिलाको चाहना हुन्छ । त्यसो त महिलाको नैसर्गिक गु्ण नै हो । चीनमा कसरी सुन्दर आमा बन्ने भन्ने विषयमा ‘ममता’ तालिम सेन्टरले तालिम दिदै आएको छ । महिलाहरुलाई गुडिया को रेखदेख गर्न लगाई आफ्नो भावी बच्चाको गुण सिकाउदै आएको छ । तालिममा गुडियालाई घुमाउने, फिराउने र मनोभावना सम्झनको लागि हरेक दिन महिलाहरुलाई अभ्यास गराउदै आएको छ ।

चीनमा दशकौ पछि बालबालिकाको निती आएको छ । केहि महिलाहरु आफ्नो दोस्रो बच्चा जन्माउने योजना बनाइरहेका हुन्छन् । महिलाहरुले दोस्रो बच्चाको लागि राम्रा गुण सिकाइराखेका हुन्छन् ।

चीनमा चलिरहेको कोचिंग कक्षामा बच्चाको जन्माउने योजना बनाइरहेका महिलाहरुलाई प्रवेश दिइएको छ । चीन सरकारले बच्चा को धेरै हेरविचारको लागि अभिभावकको लागि केहि नियम बनाएको छ । यसमा माता पिता बन्नका लागि दम्पत्तिमाथि धेरै मुश्किल आउने हुदाँ तालिम सेन्टरमा तालिका अनुसार के गर्नुपर्छ र के गर्नु हुदैन भन्ने प्रायोगीक ज्ञान दिने गरिएको छ । ताकि राम्रो र असल आमा बन्न सकुन् ।



प्रतिक्रिया दिनुहोस्