Logo

हात चुम्ने परम्पराबाट दिक्क राजकुमार



राजा महाराजा, राजकुमारी, राजकुमारहरुको शोक र आदतको बारेमा त केहि कहानी सुनेकै हो । तर, मोरक्कोको राजकुमारको बारेमा सुनेर भने तपाई छक्क पर्नुहुनेछ । वास्तवमा मोरक्कोको नयाँ राजकुमार मौले हसनलाई अभिवादनको क्रममा हात चुम्ने शाही तरिका मन नपरेको जानकारी प्राप्त भएको छ । उनले गद्दी सम्हालेमा यस नियम हटाउने आशा सबैले गरेका छन् ।

राजकुमारको यो आदत खुलासा एक भिडियो फुटेजमार्फत भएको थियो । जसमा १२ वर्षका राजकुमार छिटोछिटो हात मिलाईरहेको देखिएको छ । तर, नियम अनुसार कोहि उनको हात चुम्नको लागि अगाडी बढेर उनको अभिभादन गर्ने व्यक्तिले उनको औला चुमिरहनुपर्छ । उनको उक्त भिडीयो २ लाख भन्दा बढीले हेरी सकेका छन् । भिडीयो भाइरल बनिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्