Logo

फोटो सेयर गरेपछि पतिले विवाहको दुई घन्टामै पत्नीलाई दिए छोडपत्र



आफ्नो विवाहको फोटो साथीलाई सामाजिक संजालमा सेयर गर्दा एक जोडीको वैवाहिक सम्बन्ध टुटेको छ । साथीलाई फोटो सेयर गरेका कारण साउदी अरबमा भएको यो विवाह जम्मा दुई घण्टा मात्र टिकेको थियो ।

दुलहीले विवाहको महिला साथीहरुलाई तस्विर सेयर गरेको उनका दुलाहालाई मन नपरेकाले उनले छोडपत्र दिएका थिए । यो जोडीको तस्बिर वा भिडियो बाहिर सेयर नगर्ने सम्झौता पहिले नै भएको जनाएको छ ।

युवतीको भाईले आफ्नी बहिनी र ज्वाईको विवाह पहिले नै सामाजिक सञ्जालमा तस्बिर वा भिडियो पोस्ट नगर्ने शर्त भएको थियो । तर आफ्नी बहिनीले नै शर्त भंग गरेकाले विवाह रद्द भएको बताएका छन् ।

बेहुला पक्षको यस्तो फैसला अन्यायपूर्ण भएको बेहुली पक्षको ठहर छ । बेहुला पक्षले विवाह अगाडि नै शर्त राखेकाले सम्बन्ध विच्छेद गर्ने ठोस आधार भएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्