काठमाडौं, फागुन १८ । भैसीलाई खोरेत रोगको भ्याक्सिन लगाउने क्रममा एक युवतीको हातमा भ्याक्सिनसहितको सूई घोपिन पुगेपछि नवलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी गुरौ लामिछाने विवादमा तानिएकी छिन्। सो रोगको भ्याक्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन्।
घरमा परिवारका अन्य सदस्य नभएको बेला भ्याक्सिन लगाउन पुगेकी उनले रेग्मीसँग सहयोग मागेर सूई लगाउन लागेको र सोही क्रममा एकाएक रेग्मीको दाहिने हातमा घोपिन पुगेको थियो। तर उनी तालिमप्राप्त नभएको पीडित युवतीले दावी गरेकी छिन्।
पीडित युवतीले लामिछानेले आफ्नो हातमा भ्याक्सिनसहितको सूई घोटेर कुनै वास्तै नगरी हिँडेको र आफूले अनेकन मानसिक तनाव खेप्नुका साथै हात नराम्ररी सुन्निएको बताइएकी छिन्।
पटक पटक जानकारी गराउँदा लामिछानेले घटनाबारे चासो नदिएको भन्दै पीडित युवतीले चर्को आलोचना गरेकी छिन्। पटक पटक आफूलाई भेट्न आउन र उपचारमा लैजान अनुरोध गरेपछि लामिछानेले अनेक बहाना बनाएर टारेको पिडित युवतीको भनाइ छ।




प्रतिक्रिया